जनमत प्रदेश सदस्यहरुले ठेकेदार र उपभोक्ता समितिको निगरानी गर्ने – प्रवक्ता ललित मल्लिक शानू

मेवालाल यादव
जनमत पार्टी प्रदेश समन्वय समितीको अध्यक्ष श्री राम स्नेही यादवको अध्यक्षतामा प्रदेश सचिवालयको नियमित बैठक निम्न अनुसारको महत्त्वपूर्ण निर्णयहरु गर्दै हिजो सम्पन्न भएको छ
।
मिति २०८१ फाल्गुन २७ गते बर्दिबासमा सम्पन्न जनमत पार्टी प्रदेश समन्वय समितीको पुर्ण बैठकले गरेको बारह बुंदे निर्णय अक्षरस कार्यान्वयन तर्फ लाग्ने निर्णय भएको थियो ।





दलित, अल्पसंख्यक र गरिबहरु माथि भइरहेको उत्पिडन लाई नियन्त्रण गर्न आवश्यक कानुन र संयत्र बनाउन प्रदेश सरकार र संघिय सरकार संग माग गर्ने निर्णय गरेको प्रदेश प्रवक्ता ललित मल्लिक शानू बताएका छन् ।
मधेश प्रदेश भित्र प्रदेश सरकार र संघिय सरकार बाट ठेक्का पट्टा वा उपभोक्ता समिति मार्फत भइरहेको बिकास निर्माणका कार्यहरूलाई मापदण्ड अनुरुप भए नभएको प्रदेश सदस्यहरुलाई अनुगमन निरीक्षण गर्न निर्देशन गर्ने र उक्त विकासका कार्यहरूमा कुनै प्रकारको अनियमितता देखिएमा अथवा बुझिन आएमा प्रदेश समिति मार्फत अख्तियार दुरुपयोग आयोग लगायत निकायहरुमा उजुरी गर्ने भ्रष्टाचार विरुद्ध सशक्त संघर्ष गर्ने निर्णय गरेको मल्लिक सानुले बताउनुभयो ।

अस्पतालहरूमा उपचारमा लापरबाही, अनाहक बिल बनाउने कार्यहरु लगायतका अनियमित गतिविधि नियन्त्रण गर्न अस्पताल अनुगमनलाई थप प्रभावकारी बनाउन प्रदेश सरकार संग माग गर्ने ।
यस बैठक र निर्णय बारे प्रदेश प्रवक्ता ललित मल्लिक शानूले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्