जनमत पार्टीको फतुवा विजयपुर न.पा वडा १ मा अधिवेशन सम्पन्न

मेवालाल यादव

श्रावण २३, रौतहट। रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं १ मा जनमत पार्टीको वडा अधिवेशन आज सम्पन्न भएको छ ।

frontline

अधिवेशन पर्यवेक्षक एवम् जिल्ला सचिव बिकास कुमार यादव ज्यू अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्र जनमत पार्टी निकट वरिष्ठ नेतृत्व मण्डलको केन्द्रीय संयोजक अशोक कुमार सिंह को प्रमुख आतिथ्यमा एवं जनमत पार्टी रौतहटका जिल्ला अध्यक्ष रामेश्वर प्रसाद यादव को विशेष आतिथ्यमा र जनमत पार्टी रौतहट का निवर्तमान जिल्ला इन्चार्ज विनय कुमार वर्मा, किसान जनमत संघ रौतहट को जिल्ला संयोजक प्रमलाल यादव,युवा जनमत संघ रौतहट को जिल्ला संयोजक ज्वाला रणविर (बिबेक झा) लगायतका नेताहरुको आतिथ्यमा अधिवेशन भएको छ

जनमत पार्टीको नेता कार्यकर्ता हरुले सयकडौं को संख्यामा सहभागि भएका थिए । उद्घाटन सभामा प्रमुख अतिथि अशोक कुमार सिंहले स्थानीय तहमा व्याप्त भ्रष्टाचार उन्मुलन गर्नुपर्ने र बिकासको आडम्बर होईन जनसरोकार मुखी विकास हुनुपर्ने यस्तै जिल्ला सचिव ले जनमत पार्टीको एजेण्डा र कार्य योजना बारे स्पष्ट पार्दै र बिगत ७० साल पुर्व देखि संघर्षरत रहेको मधेशी समुदायका हजारौं वीर सपुतहरुले बलिदान दिएपनि नेताहरुको स्वार्थका कारण जनता सदैव धोका खाएको भन्दै अबको एक मात्र विकल्प जनमत पार्टी रहेकोले जनमत पार्टी नै मधेशी जनताको अधिकार सुनिश्चित गर्ने जनमत पार्टी का जिल्ला सचिव बिकास कुमार यादव बताए ।

त्यस्तै वर्तमान अवस्थामा कुनै न कुनै वडा तथा पालिकामा जनमत पार्टी बाहेक सबै पार्टीको सरकार रहेको छ तर पनि कुनै एक वडा पनि नमुना बनाउन नसकिएको दावी गर्दै भिजन विनाको जनप्रतिनिधी भएकोले राम्रो काम हुन नसकेको यादवले बताए ।

युवा जनमत संघ रौतहट को जिल्ला संयोजक ज्वाला, रणविर मन्तव्य राख्दै युवाहरूको भभिसय जनमत पार्टी मै रहेको दाबी गरेका छन कार्यक्रममा अतिथिहरू आफ्नो आफ्नो मन्तव्य व्यक्त गरेका थिए कार्यक्रम संचालन स्थानीय नेता ई. कृष्ण साह ले गर्नु भएको थियो ।

उक्त अधिवेशनबाट अध्यक्ष शुभनरायण यादव, उपाध्यक्ष मैजेलाल राय यादव, महिला उपाध्यक्ष इनरीया देवी, सचिव मुकुन्द कुमार प्रजापति, सह सचिव उमेश यादव, कोषाध्यक्ष रामअधार राय लगायत एघार सदस्यीय वडा इकाई समिति सर्वसम्मत चयन भएको छ।

प्रतिक्रिया दिनुहोस्

poster-here