जनप्रतिनिधिले नै गरे नगरपालिकामा तालाबन्दी

 सिरहाको कल्याणपुर नगरपालिकाका कार्यवाहक मेयर रोहीणी कुमारी यादव र प्रशासकीय अधिकृत जय प्रसाद दासले नगरपालिका सञ्चालन ऐन २०७४ विपरीत कार्यहरु गरेको भन्दै वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नै नगरपालिकामा तालाबन्दी गरेका छन् । 

नगरपालिकाका नौजना वडाध्यक्ष तथा आठजना कार्यपालिका सदस्यले नगरपालिकामा तालाबन्दी गरेका हुन् । नगरपालिकाका निर्णय गुपचुप राखिएको, कार्यपालिका बैठक नबसेको, एकलौटी ढंगबाट नगरपालिकाका काम अगाडि बढाइएकाले नगरपालिकामा तालाबन्दी गरिएको वडा नम्बर ५ का अध्यक्ष दिपेन्द्र यादवले बताए ।

frontline

तालाबन्दी गर्नेहरुमा वडा अध्यक्षहरु वडा नम्बर १ का जयराम कामती, २ का विशेश्वर मुखिया, ३ का अशोक मण्डल, ५ का दिपेन्द्र यादव, ७ का राम कुमार श्रेष्ठ, ८ का राजेन्द्र साहु तेली, १० का धनविर मण्डल, ११ का राजेश्वर यादव र १२ का दिलिप यादव रहेका छन् । त्यस्तै, कार्यपालिका सदस्यहरु कपलेश्वर मुखिया, जितराम पासमान, हरिनारायण चौधरी, बुलो महरा, गता देवी महरा, विभा यादव, मैफुल खातुन र पवन कुमारी साहले प्रेस विज्ञप्तीमा हस्ताक्षर गरी तालाबन्दी गरेका छन् । नगरपालिकामा १२ वटा वडाहरु रहेको छ ।

तालाबन्दी गर्ने जनप्रतिनिधिहरुले विगतदेखि लिखित रुपमा माग हँुदै आएको नगरस्तरीय योजना संशोधन हुनुपर्ने, नगर योजना नपाको कार्यपालिकाको बैठकबाट सञ्चालन गर्नुपर्ने, नगर परिषद्बाट निर्णय गरी कार्यपालिकाको बैठकबाट समेत निर्णय भैइसकेको कार्य भएको (निर्माण) समेत भूक्तानी सम्बन्धमा आलटाल गरीरहेकोले सोको सम्माधान गर्नुपर्ने माग अगाडि सारेका छन् । 

यस्तै, नगरपालिकामा नगर कार्यपालिकाको निर्णयबिना शिक्षा र स्वास्थ्यमा कर्मचारी भर्ना गरेको हुदाँ सो अपारदर्शी र अवैधानिक कर्मचारी खारेज हुनुपर्ने, पोखरी ठेक्का, हाटबजार, नदिनाला, ठेक्का नलगाई आर्थिक अनियमितिा कार्यवाहक मेयर रोहिणी कुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत जय प्रसाद दासको मिलोमतोमा हुने गरेको र सो को बदर हुनुपर्ने, नगरस्तरीय योजनाहरुको उपभोक्ता समिति गठन गर्दा सम्बन्धित वडा अध्यक्षलाई जानकारी नगराइ समिति गठन गर्दै आइरहेकाले अविलम्ब रोक्का गर्नुपर्ने, नगरपालिकामा कुनै कार्यको ठेक्कापट्टा अपारदर्शी गरेको हुनाले ठेका बदर गरी नगर कार्यपालिकाको निर्णय अनुसार ठेक्का सम्झौता हुनुपर्ने, बृद्ध भत्ता, जेष्ठ नागरिक, आपाङ्ग, बालपोषण भत्ताहरु ढिलो हुदाँ अविलम्ब वितरण गर्नुपर्ने, नागरिकको रकमबाट खरिद चापाकल (ट्युवेल), चारा काटने मेसिन, कम्वल, त्रिपाल, दमकलहरु नगरपालिकामै राखेको र आफू खुसी विक्री वितरण गर्दै आएको कार्यपालिकाको अविलम्ब बैठक गरी छानविन गरिनुपर्ने पनि उनीहरुको माग छ । 

शिक्षा सम्बन्धमा नगरपालिकामा भएको विद्यालयहरुको शैक्षिक अवस्था सुधारका लागि शिक्षक भर्ना वा विद्यालयको अनुदान रकम समेत नदिई सम्पूर्ण नगरको शिक्षिा गुनस्तर र युवा पुस्तालाई अन्धकारमा धकेलनै गरी कार्य गरेको हुनाले एउटा समिति गठन गरी जगर भरीका शिक्षाको गुणस्तर हेतु छानविन गरी गढित समितिको प्रतिवेदन अनुसार नगरपालिको कार्यपालिकाबाट निर्णय गरी लागू गरिनुपर्ने उनीहरुले माग गरेका छन् । 

नगरपालिकाको वडा नम्बर १ का वडाध्यक्ष जयराम कामतीले कार्यकारी अधिकृतको अक्षमताको कारण नगरसभा र कार्यपालिकाबाट भुक्तानी हुन बाँकी रकम भुक्तानी पास भएको तथा हालसम्म भुक्तानी गर्न नसकेको आरोप लगाए । 

वडा नम्बर ३ का वडाध्यक्ष अशोक मण्डलले कार्यवाहक मेयर रोहीणी यादवले नगरपालिका भित्र रहेको पोखरी, हाटबजार, नदीनालाको सन्दर्भमा सार्वजनिक बोलपत्र आह्वान नगरी आफ्ना आसेपासेलाई ठेक्का दिएको आरोप लगाए । 

वडा नम्बर ५ का वडाध्यक्ष दिपेन्द्र यादवले विना निर्णय योजनाहरु कार्यान्वयन गर्ने गरिएको बताए । पहिलेदेखि नै नगरपालिकाबाट शिक्षक राखी अध्यापन गराइ राखेकालाई कार्यवाहक मेयर र प्रशासकीय अधिकृतले करार नियुक्त गरेका शिक्षकलाई हटाएदेखि पठन पाठनमा समस्या भइरहेको पनि वडाध्यक्ष यादवले बताए । 

कार्यपालिकाको बैठक बोलाउन पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभएकोले बाध्य भएर संयुक्त रुपमा तालाबन्दी गर्नु परेको वडाध्यक्ष यादवको भनाइ छ । 

नेपाल सरकारले ज्येष्ठ नागरिक, दलित, एकल महिला लगायतलाई दिँदै आएको समाजिक सुरक्षा भत्ता, बालपोषण भत्ता लगायतको भत्ताहरु चालु आर्थिक वर्षको ८ महिना वितिसक्दा समेत वितरण नगरेकोले आफूहरुलाई औषधी उपचार तथा अन्य खर्च गर्न समेत अप्ठयारो हुँदै आएको स्थानीय ज्येष्ठ नागरिकहरुले गुनासो गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here