जनता र राष्ट्रको पक्षमा हुने पार्टी बनाऔं:एमाले नेता गोकर्ण विष्ट

काठमाण्डु । नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी एकताका लागि आफुहरु अन्तिमसम्म लाग्नुपर्ने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय सदस्यहरू (खनाल–नेपाल समूहको) भर्चुअल बैठकमा बोल्दै नेता विष्टले एकताबाटै ओली प्रवृत्तिलाई परास्त गरेर सबल पार्टी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका हुन् ।

frontline

उनले त्यसो नभए नयाँ पार्टी गठनमा अघि बढ्नुपर्ने बताए ।

नयाँ पार्टी निर्माण गरौं, तर अर्को उस्तै पार्टी मात्र नबनाऔं ।

जनजीविका, जनता र राष्ट्रको पक्षमा हुने पार्टी बनाऔं’, उनले भने, एकता मुद्दा र विचारमा हो, विलीन हुने होइन ।

हामी ओलीको षडयन्त्र र स्वेच्छाचारिताबारे सचेत छौं ।’

त्यस्तै उनले पार्टी एकता, कम्युनिस्ट आन्दोलनको रक्षा र विकास हुन्छ भने इमान्दार प्रयास किन नगर्ने भनेर पार्टी अध्यक्ष केपी ओलीसँगको संवादलाई निरन्तरता दिएको प्रष्ट्याए ।

‘हामीले हाम्रोतर्फबाट इमानदार प्रयास गरेका हौँ । यसको ध्येय आन्दोलन बचाउनु नै हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here