जनता र देशका लागि देखेको सपना पूरा गर्न सक्षम छु : नेता सिंह

फाइल फोटो

४ मंसिर, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसका संस्थापक नेताहरुले जनता र देशका लागि देखेको सपना पूरा गर्न आफू सक्षम भएको बताएका छन् ।

शनिबार काठमाडौंंमा ‘बानेश्वरको सेरोफेरो पुस्तक’को विमोचन गर्दै नेता सिंहले संस्थापक नेताहरुले देखेको विकसित नेपालको सपनालाई पूरा गर्न आफू सक्षम रहेको बताएका हुन् ।

frontline

उनले जनताका प्रतिनिधी भए पछि जस्तोजुकै अवस्था पनि फिट हुन सक्ने क्षमता हुनुपर्ने धारणा पनि राखे । आफू संविधानसभा र संविधानसभापछि आफुलाई जनताले निरन्तर चुनेर पठाएको भन्दै जनताको आशालाई निराशा हुन नदिने प्रतिबद्धता जनाए ।

उनले देशका लागि केही गर्नुपर्छ भने आत्मविस्वास आफुमा रहेको जिकिर गरे । साथै नेता सिंहले बानेश्वरको पहिलो अवस्था थाहा पाउनको लागि ‘बानेश्वरको सेरोफोरो पुस्तक’ पुस्तक पढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here