जनचेतना मूलक कार्यक्रम सञ्चालन-‘योगदान राष्ट्रको लागि’
याेगदान राष्ट्रकाे लागि संस्थाले राप्ती नगरपालिका ५ भण्डारामा अवस्थित श्री भण्डारा माध्यमिक विद्यालयमा अध्यनरत कक्षा ११/१२ का विद्यार्थीहरुलाई जनचेतना मूलक कार्यक्रम सञ्चालन गरेकाे छ।उक्त कार्यक्रममा करिब १२० जना विद्यार्थीहरु सहित ३ जना शिक्षकहरुको पनि उपस्थित रहेको थियाे।“प्राथमिक उपचार,हाम्रो सराेकार” भन्ने मुल नाराका साथ सम्पन्न भएकाे उक्त कार्यक्रममा प्राथमिक उपचार सम्बन्धि जानकारी दिइएकाे उक्त संस्थाका चितवन जिल्ला अध्यक्ष राज सिलवालले जानकारी दिनुभएकाे छ।उक्त कार्यक्रममा विभिन्न शीर्षकहरुमा उपाध्यक्ष एकराज बुर्लाकाेटी,सचिव जानुका धमला र सदस्य सुनिल नहर्कीले पनि प्राथमिक उपचार गर्न सिकाउनु भएकाे थियो। विद्यार्थीलाई सिकाउदा ज्ञान बढ्नुका साथै र अकालमा कसैकाे पनि मृत्युु नहाेस् भन्ने उद्देश्यले आजको कार्यक्रम आयोजना गरिएको कार्यक्रम सञ्चालिका जानुका धमलाले बताउनु भयो।
प्रतिक्रिया दिनुहोस्