जनकपुरमा करेन्ट लागेर दुई दाजुभाइको मृत्यु, दुई जना घाइते

१९ असोज, काठमाडौं । जनकपुरधाममा करेन्ट लागेर एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बुधबार बिहान करिब ३ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ विन्धीमा करेन्ट लागेर एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको हो ।

frontline

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वर चौधरी रहेका छन् । आफ्नै घरमा मोटरको तार जडान गर्ने क्रममा रामेश्वरकी श्रीमती निर्मला देवीलाई करेन्ट लाग्दा बचाउन गएको क्रममा दिनेश र रामेश्वरलाई करेन्ट लागेको थियो । 

उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए । घटनामा परी ४० वर्षीय दिनेश चौधरी र निर्मला चौधरी गम्भीर घाइते भएका छन् । 

मृतक रामेश्वर चौधरी नेपाली कांग्रेसको जनकपुरधाम उपमहानगरपालिकाका नगर कमिटी सदस्य थिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here