जङ्गली च्याउ खादा इलाममा दुईको मृत्यु

काठमाडौं । इलाम, जङ्गली च्याउ खादा इलाममा दुईजनाको ज्यान गएको छ ।

गत २२ गते च्याउ खाएर बिरामी परेका ४ जना मध्ये सन्दकपुर गाँउपालिका–१ खोलाघारीका ५० बर्षीय टिका बहादुर राई र सोहि स्थानका ५२ बर्षीय जित बहादुर राईको उपचारकै क्रममा झापाको बिएण्डसी अस्पतालमा मृत्यु भएको हो ।

frontline

च्याउ खादा इलाम नगरपालिका ३ पुवामझुवाका ३५ बर्षीय बिरमान राई उनकी श्रीमती ३२ बर्षीय बिष्णु कुमारी राई समेत बिरामि भई बिएण्डसीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here