जंगली हात्तीको आक्रमणबाट किसानको मृत्यु

वीरगञ्ज । बारामा जंगली हात्तीको आक्रमणबाट एकजना किसानको मृत्यु भएको छ ।

कलैया उपमहानगरपालिका-२ औधापुर निवासी ४५ वर्षीय रामदेव पटेलको मृत्युु भएको हो ।

frontline

खेतमा काम गरिरहेका पटेललाई बिहान पौने आठ बजे जंगली हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो ।

गम्भीर अवस्थामा उपचारका लागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटोमै पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

जंगल क्षेत्रबाट करिब १५/१६ किलोमिटर टाढा सदरमुकाम कलैया आएर हात्तीले मानिसलाई आक्रमण गरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्जबाट नै हात्ती आएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

पसाहा खोलातिर पसेको हात्ती नियन्त्रणको लागि निकुञ्जबाट प्राविधिक टोली बोलाइएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here