जंगली स्याललाई हानेको बन्दुक छोरालाई लागेर मृत्यु

शनिबार, बुटवल । पाल्पामा जंगली स्याललाई बन्दुकले हान्ने क्रममा आफ्नै छोरालाई लागेर मृत्यु भएको छ ।

पाल्पाको रिब्दीकोट गाउँपालिका वार्ड ६ का ३५ वर्षीय धनबहादुर लम्तारीको आफ्नै बावुले हानेको बन्दुकको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ

frontline

५६ वर्षका कर्णबहादुर लम्तारीले मकैबारीमा लुकेर स्याललाई बन्दुकले हान्दा छोरा धनबहादुरलाई लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले कर्णबहादुरसहित बन्दुक नियन्त्रणमा लिइ थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here