छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला

१४ पुस, काठमाडौ् । काठमाडौँको दुई छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन् ।

काठमाडौँको नागार्जुन नगरपालिका–३ सानोभर्‍याङ डेरा गरी बस्ने मुस्ताङ भरतजङ्ग गाउँपालिका–४ का ४२ वर्षीय लोप्साङ गुरुङ आफ्नै कोठामा बुधबार मृत फेला परेको प्रहरीले जनाएको छ ।

frontline

यस्तै बुधबार नै काठमाडौँको तीलगङ्गास्थित एक होटलमा बसेका झापा दमक घर भएका ४५ वर्षीय नित्य रिजाल पनि मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

दुवै घटनाका विषममा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here