छिटोभन्दा छिटो मेलम्ची खानेपानीको व्यवस्था गर्छु : मन्त्री चौधरी

४ पुस, काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँबासीलाई छिटोभन्दा छिटो मेलम्ची खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री चौधरीले केही समयअघि आएको बाढी र पहिरोको कारणले गर्दा बन्द भएको मेलम्चीको पानी काठमाडौंबासीलाई अस्थायी रूपमा भए पनि छिटोभन्दा छिटो खान पाउने व्यवस्था मिलाउने बताएका हुन् ।

frontline

चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधानमा शुद्ध खानेपानी र सरसफाइलाई मौलिक हकको रूपमा व्यवस्था गरेको उल्लेख गर्दै आफ्नो कार्यकाल भित्रै काठमाडौँवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्ने बताए ।

मन्त्री चौधरीले भन्नु भयो, ‘मेलम्चीको खानेपानी काठमाडौँबासीले खाइरहनु भएको थियो । तर आज बाढीपहिरोको कारणले बन्द भएको छ ।

काठमाडौंबासीलाई यति मात्रै म भन्न चाहन्छु–मेरो कार्यकालमा चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी स्थायी त होइन तत्काल अस्थायी भए पनि तुरुन्तै आफ्नै कार्यकालमा काठमाडौँबासीलाई खुवाउँछु भन्ने प्रतिबद्धता म व्यक्त गर्न चाहन्छु ।

आउँदो दिनमा मेलम्चीको खानेपानी तपाईंहरुले अवश्य मेरै कार्यकालमा खान पाउनु हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।

त्यस अवसरमा मन्त्री चौधरीले देश र जनताका लागि काम गर्ने सामाजिक संघ, संस्थाहरूलाई सरकारले सक्दो सहयोग गर्ने आश्वासन समेत दिए ।

उनले चन्द्रलोक प्रतिष्ठानजस्ता सामाजिक संघ, संस्थाहरुले समाजमा योगदान पुर्‍याएका व्यक्ति तथा संघ, संस्थाहरूलाई सम्मान गरेर राष्ट्र र जनताको हितमा काम गरिरहेको पनि बताए  ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here