छाडे ठाकुर समूह जसपाका चार सांसदले
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का चार सांसदले कित्ता परिर्वतन गरेका छन् ।
अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका चार सांसद, प्रतिनिधिसभा पुनर्स्थापनासँगै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा लागेका हुन् ।
पार्टी कार्यालय, बालकुमारीमा शनिबार बसेको संसदीय दलको बैठकमा सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका हुन् ।
ठाकुर पक्षका नेताहरुका अनुसार चारै जना शुक्रबार पार्टी कार्यालयमा भएको छलफलमा अनुपस्थित थिए ।
यससँगै ३२ सदस्यीय संसदीय दलमा दुबै पक्षको १६-१६ भएको छ । तर ठाकुर पक्षमा रहेका थप केही सांसद आउने यादव पक्षका एक नेताको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्