छहरा गाउँपालिका-३ को कुमाल बस्तीमा खानेपानीको समस्या

८ चैत, पाल्पा । ‘एक घर एक धारा’को नीति कार्यान्वयन नहुँदा रैनादेवी छहरा गाउँपालिका-३, छचुवाको कुमाल बस्तीमा खानेपानीको समस्या कायमै छ ।

यहाँ ११० परिवार कुमाल जातिको बसोबास छ । खानेपानीको धारा जडान नहुँदा पानी बोकेर खानुपर्ने समस्या छ ।

frontline

कुमाल बस्तीको तल्लो भागमा मुहानबाट चौबिसैघण्टा पानी बगिरहेको छ । पानीको व्यवस्थापन गर्न हम्मेहम्मे हुने गरेको स्थानीय शर्मिला कुमाल बताउँछिन् ।

अध्ययन गर्ने बालबालिकाले अधिकांश समय पानीकै लागि समय खर्चिनुपरेको छ । ‘पढाइ गर्न समयै नै हुँदैन,’ उनले भनिन् । उनीहरुलाई डोकोमा पानी बोक्नुपर्ने बाध्यता छ ।

मुहानबाट बगेको पानी व्यवस्थित गरी अस्थायी धारा निर्माण गरिएको छ । अस्थायी धाराबाटै स्थानीय बासिन्दाले काम चलाएका छन् ।

कुवाको पानी ग्रागीमा बोकेर लैजाँदा आधा घण्टा जति समय खर्च गर्नुपर्ने बाध्यता अझै नहटेको स्थानीय बैंकाले कुमालले बताए ।

लिफ्ट प्रणालीबाट खानेपानीको वितरणको व्यवस्था गर्नुपर्ने स्थानीयबासीको माग छ । २०५४ सालमा कुमाल बस्तीमा खानेपानीको धारा जडान गरिएको थियो ।

टोलटोलका धारा विस्थापित भएपछि बस्तीमा खानेपानीको असुविधा भएको हो ।

प्रदेश सरकारको १० लाख रुपैयाँ सहयोगमा पानी सङ्कलन गर्ने ट्याङ्की निर्माण र पाइप खरिद कार्य सम्पन्न भएको वडाध्यक्ष लालबहादुर दर्लामीले बताए ।

एक घर एक धारा जडानका लागि काम अन्तिम तयारीमा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here