चौथो सोमबारी रुद्राभिषेकका लागि #देवेन्द्रप्रसादअधिकारी द्वारा पूजा सामग्री हस्तान्तरण

श्रीकान्त यादव रौतहट चौथो सोमबारी रुद्राभिषेकका लागि #देवेन्द्र_प्रसाद_अधिकारी द्वारा पूजा सामग्री हस्तान्तरण।

#श्रावण महिनाको चौथो सोमबारीका अवसरमा गौर नगरपालिका–२ स्थित बाबा बानेश्वरनाथ मन्दिरमा हुने रुद्राभिषेक कार्यक्रमलाई लक्षित गर्दै समाजसेवी देवेन्द्र प्रसाद अधिकारी (देवी दादा) ले पूजा सामग्री सहयोग गर्नुभएको छ।

frontline

#देवी दादाले रुद्राभिषेकमा प्रयोग हुने पितलको कठौठी, तथा बाल्टिन लगायतका सामग्री बाबा बानेश्वरनाथ मेलाका अध्यक्ष #पनिलाल_सहनी तथा #मनोज_सिंह लाई आज एक

कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको हो।

#सहयोग सामग्री ग्रहण गर्दै मेला व्यवस्थापन समितिका पदाधिकारीहरूले धार्मिक कार्यक्रमलाई सफल बनाउन गरिएको सहयोगप्रति देवेन्द्र प्रसाद अधिकारीप्रति आभार व्यक्त गरेका छन्। उक्त सामग्री रुद्राभिषेकका क्रममा भगवान शिवको जलाभिषेक तथा अन्य धार्मिक अनुष्ठानमा प्रयोग गरिने जनाइएको छ।

#हस्तान्तरण कार्यक्रममा बोल्दै समाजसेवी देवेन्द्र प्रसाद अधिकारीले धार्मिक आस्था, संस्कृतिको संरक्षण तथा भक्तजनलाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि सामाजिक तथा धार्मिक कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

#श्रावण महिनाको चौथो सोमबारीका अवसरमा बाबा बानेश्वरनाथ मन्दिरमा हजारौँ श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ भने मेला व्यवस्थापन समितिले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here