चीनले ताइवानमाथि गरेको हमलाप्रति एन्टोनी ब्लिङकनद्वारा चिन्ता व्यक्त

१६ कार्तिक, रोम : चीनले ताइवानमाथि गरेको हमलाप्रति अमेरिकी राज्य सचिव एन्टोनी ब्लिङकनले चिन्ता व्यक्त गरेका छन्। ब्लिङकनले चिनियाँ विदेश मन्त्री वाङ सीसमक्ष सो चिन्ता व्यक्त गरेका हुन्। 

अमेरिकी सरकारका अनुसार अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै चीनले निरन्तर ताइवानमाथि गरेको हमलाप्रति ब्लिङकनले चिन्ता व्यक्त गरेका हुन्। 

frontline

रोममा आयोजित जी २० को शिखर सम्मेलनमा भर्चुअल माध्यमबाट बोल्दै ब्लिङकनले चिनियाँ विदेशमन्त्री वाङसमक्ष चिन्ता व्यक्त गरेको बताइएको छ।

ताइवान सम्बन्धमा दुई शीर्ष नेताबिच भएको छलफलले चीन, ताइवान र अमेरिकाबिचको सम्बन्धमा सहयोग पुग्न सक्ने बताइएको छ। 

गत हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमाथि हमला गरेमा अमेरिकाले ताइवानको रक्षा गर्ने अभिव्यक्ति दिएपछि तनाव सिर्जना भएको थियो। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here