चीनमा भेटियो ओमिक्रोनको दोस्रो केस
१ पौष, काठमाडौं । चीनमा ओमिक्रोन संक्रमणको दोस्रो केस भेटिएको छ । चीनको ग्वान्झाउमा मंगलबार ओमिक्रोनबाट संक्रमित व्यक्ति भेटिएको सीएनएनमा समाचार छ ।
चीनमा नयाँ भेरियन्ट देखिएको यो दोस्रो केस हो । केही दिनअघि अर्का एक चिनियाँ नागरिकमा ओमिक्रोन संक्रमण भेटिएको थियो ।
उनमा लक्षण देखिएको थिएन तर परिक्षण गर्दा ओमिक्रोन भाइरसको संक्रमण देखिएको थियो ।
ग्वान्झाउमा भेटिएका व्यक्ति झण्डै दुइ साता अघि विदेशबाट आएका थिए । उनमा ओमिक्रोनको लक्षण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्