चीनमा बन्यो विद्युतीय हवाइजहाज, दुई पाइलटले गरे सफल परीक्षण उडान

चीनमा पहिलोपटक विद्युतीय हवाइजहाजको सफल परीक्षण उडान गरिएको छ। 

कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोम्याक)का अनुसार इलेक्ट्रिक कमर्सियल विमान सीई–२५एले शनिबार बिन्झाउमा पाइलटसहितको परीक्षण उडान सम्पन्न गरेको हो। 

frontline

परीक्षण उडानका क्रममा विमानमा दुई पाइलट र एक इन्जिनियर सहभागी रहेको पिपुल्स डेलीले जनाएको छ। सो क्रममा विमान सामान्य रुपमा उडेको थियो भने आशातित रुपमा सबै पर्फमेन्स इन्डिकेटरहरुले काम गरेको बताइएको छ। 

यो विमान अन्तर्सहरी व्यावसायिक उडानको उद्देश्य राखेर डिजाइन गरिएको कोम्याकको भनाइ छ। सीई–२५ एले १९ जना यात्रु बोक्न सक्छ भने १० टन तौल बोक्न सक्छ। यो विमान प्रतिघण्टा ३ सय किमि गतिमा २४ सय मिटर उचाइसमम उड्न सक्छ। 

यसको रेन्ज ४ सय किमि रहेको कोम्याकले उल्लेख गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

२ इभेन्ट्स/फंसन

poster-here