चीनमा पहिरोमा परी दुईको मृत्यु, १२ बेपत्ता

चेन्दु, ११ असोज (रासस÷सिन्ह्वा) ः चीनको सिचुआन प्रान्तको दक्षिणपश्चिम क्षेत्रमा टियानक्वान काउन्टीमा भारी वर्षापछि गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने कम्तीमा १२ जना हराइरहेका भएका स्थानीय अधिकारीहरूले आइतबार जानकारी गराएका छन् ।

बिहानै गएको पहिरोमा कम्तीमा ६२ जना फसेकोमा साँझ ५ बजेसम्ममा दुई मृत शरीरसहित ५० जनालाई घटनास्थलबाट निकालिएको छ । घाइते अवस्थामा उद्धार गरिएका सबैजनालाई स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

frontline

तियानक्वान काउन्टीको प्रशासनिक केन्द्र याआन शहरको आकस्मिक व्यवस्थापन ब्यूराका अनुसार हराइरहेका नागरिकको खोजीका लागि कम्तीमा ७०० उद्धार अधिकारी र ७० भन्दा बढी गाडीहरू घटनास्थलमा पठाइएको छ । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here