चीनद्वारा २० लाख सिरिन्ज उपलब्ध

७ माघ, काठमाडौं । कोरोना संक्रमणविरुद्ध खोप लगाउन चीनले २० लाख परिमाण सिरिन्ज उपलब्ध गराएको छ ।

नेपालस्थित चिनियाँ दूतावासको समन्वयमा चीन सरकारले नेपाललाई सिरिन्ज उपलब्ध गराएको हो ।

frontline

जसमध्ये १० लाख सिरिन्ज नेपाल आइसकेको छ भने बाँकी १० लाख  बिहीबार आउँदैछ ।

प्राप्त सिरिन्ज ०.५ एमएलको नर्मल साइजको भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

फाइजरबाहेक अन्य खोपका लागि प्रयोग गर्न मिल्ने खोप विज्ञहरुले बताएका छन् ।

स्वास्थ्य सेवा विभागले २ करोड ४ लाख सिरिन्ज खरिदको सम्झौता गरेको छ ।

गत शुक्रबार सिरिन्ज खरिदको सम्झौता भएको हो । सम्झौता अनुसार १५ दिनभित्र ५० लाख उपलव्ध गराउने आपूर्तिकर्ताले बताएको छ ।

कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाउन प्रयोग गरिने सिरिन्ज सरकारसँग ४६ लाख ८४ हजार स्टक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here