चिनियाँ सैन्य टोली छिर्यो जङ्गी अड्डा

चिनियाँ जनमुक्ति सेनाको छ सदस्यीय टोली काठमाडौं आइपुगेको छ । नेपाली सेनाको युद्धभैरव गण र जनमुक्ति सेनाबीच हुन लागेको ‘सगरमाथा फ्रेण्डसिप २०२५’ तालिमका लागि सिचाङ (तिब्बत) मिलिटरी कमाण्डका कर्नेलको नेतृत्वमा टोली हिजो बिहान सिचुआन एअरलाइन्सको उडानमा छन्तु हुँदै आएको हो ।

जनमुक्ति सेनाको स्टाफ डिपार्टमेन्ट, ट्रेनिङ सेक्टरका निर्देशक तथा कर्नेल तिङ सुहुईको नेतृत्वमा आएको टोली आज र भोलि जंगी अड्डामा हुने इनिसियल प्लानिङ कन्फरेन्स (आइपिसी) मा सहभागी हुँदै छ ।

frontline

प्राप्त विवरणअनुसार चिनियाँ जनमुक्ति सेनाको सिचाङ मिलिटरी कमाण्ड, स्पेसल अपरेशन ब्रिगेडका लेफ्टिनेन्ट कर्नेल चिआन होङ मि,सोही कमाण्डका लेफ्टिनेन्ट कर्नेल चिआन यु,मेजर सुआई लु,मेजर चाङ चिनलोङ,क्याप्टेन वाङ सिङची काठमाडौं आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here