चिनियाँ मन्त्री वाङ यीले बौद्ध-शिवपुरीको भ्रमणदेखि प्रधानमन्त्री, राष्ट्रपति र नेताहरुसँग औपचारिक संवाद थाल्दै

१२ चैत, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले आजबाट नेपालका समकक्षी लगायत प्रधानमन्त्री, राष्ट्रपति र विभिन्न नेताहरुसँग औपचारिक संवाद थाल्दैछन् ।

तीन दिने भ्रमणमा रहेको वाङ यी शुक्रबार अपरान्ह ४ बजेर ४० मिनेटमा काठमाडौं ओर्लिएका थिए । उनलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीका साथै परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी र उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर थापाले स्वागत गरेका थिए ।

frontline

उक्त स्वागत लगत्तै विदेशमन्त्री यी सिदै काठमाडौं बत्तीसपुतलीस्थित द्वारिका होटल पुगेका थिए । शनिबार उनको कसैसँग औपचारि भेटवार्ताको कार्यक्रम तय भएको थिएन ।

आज ( शनिबार )बाट भने उनले औपचारिक भेटवार्ता थाल्ने भएका हुन् । यद्यपि शनिबार बिहान भने उनी हाइकिङ जाने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । उनी बिहान शिवपुरीसम्म हाइकिङमा जाने जनाइएको छ ।

त्यसपश्चात उनी आज दिउँसो साढे ३ देखि ३ :४५ सम्म समकक्षी परराष्ट्रमन्त्री नारायण खड्कासँग १५ मिनेट एक्लाएक्लै वार्ता गर्नेछन् ।

त्यसपछि सिंहदरबारमै परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री यीका प्रतिनिधिहरुबीच ५ः४५ छलफल हुने जनाइएको छ । यसबीचमै नेपाल र चीनबीच कम्तीमा १० वटा समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ ।

जसमा केरुङ–काठमाडौँ रेल, आर्थिक तथा प्राविधिक सहयोग, रातामाटे–केरुङ विद्युत् प्रसारण लाइनको सम्भाव्यता अध्ययन परिमार्जन, ऊर्जा क्षेत्रमा थप सहकार्य, चीनतर्फ विकासे घाँस निर्यात र भरतपुर अस्पतालमा चीनको सहयोगलगायत विषयमा सहमति तथा सम्झौता पत्रमा हस्ताक्षर हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

त्यस्तैगरी प्रतिनिधिमण्डल स्तरको वार्तामा परराष्ट्र, अर्थ, गृह, पर्यटन, ऊर्जा, भौतिक योजना, कृषि, उद्योग, भूमिसुधार र स्वास्थ्य मन्त्रालयका सचिवका साथै परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसमेत छलपलमा सामेल हुने जनाइएको छ ।

त्यसपछि विदेशमन्त्री यी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार आउनेछन् । उनले प्रधानमन्त्रीसँग साँझको ५:४५ देखि ६:१५ सम्म उनले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने भएका छन् ।

त्यहाँबाट भर्चुअल माध्यमबाट चीनको सहयोगमा निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएको घोषणा गरिने जनाइएको छ ।

त्यसपछि परराष्ट्रमन्त्री समकक्षी खड्काले आयोजना गर्ने रात्री भोजमा सरिक हुनेछन् । विदेशमन्त्री यी साँझ ७ः३० बजे होटल द्वारिका होटलमा रात्री भोजमा सामेल हुनेछन् ।

योसँग उनको शनिबारको भ्रमण तालिका सम्पन्न हुनेछ । त्यस्तैगरी आइतबार विदेशमन्त्री यीले कम्युनिष्ट पार्टीका दुई ठूला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षसँग छुट्टाछ्टदै भेटवार्ता गर्ने तालिका रहेको छ । तर त्यसअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नेछन् ।

आइतबार बिहान १० बजे विदेशमन्त्रीले शीतलनिवास पुगेर राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। त्यो भन्दा अघि उनी बैद्धको भ्रमणमा पनि जाने परराष्ट्रमन्त्रालयले जननाएको छ ।

राष्ट्रपति भण्डारीसँगको भेटपछि पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग होटल हायातमा भेट गर्नेछन् । उनले ओलीसँग बिहान ११:१० देखि ११:४० भेटवार्ता गर्ने जनाइएको छ ।

त्यसपछि सत्तारुढ दलका नेता एवं पूर्वप्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग होटल हायातमै भेट्नेछन् । उनले प्रचण्डसँग भने ११:४५ देखि १२:१५ सम्म भेट्ने तालिका रहेको छ ।

त्यसपछि विदेशमन्त्री यीको तीन दिने नेपाल भ्रमण समापन हुने छ । र, ३ बजे बेइजिङका फर्किनेछन् । विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण यो तेस्रो पटक हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here