चिनियाँ नेता लि चान्सुले गरे भक्तपुर दरबार क्षेत्र अवलोकन

२९ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस,स्थायी समिति अध्यक्ष लि चान्सुले भक्तपुर दरबार क्षेत्र अवलोकन गरेका छन्।

लि नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डललाई भक्तपुर नगरपालिकाका प्रमुख सुनल प्रजापतिले स्वागत गरेका थिए।

frontline

अवलोकनका क्रममा अध्यक्ष लीले पाँचतले मन्दिर परिसरमा राखिएका भक्तपुरको कला, संस्कृति  झल्किने तस्बिरबारे जानकारी लिएका थिए। 

प्रतिनिधिमण्डलका सदस्यहरुले भक्तपुर नगरपालिकाले हालै पुनर्निर्माण सम्पन्न गरेको सिलु महादेव (फसीदेग)को अवलोकन गरेपछि पैदल नै पाँचतले मन्दिर पुगेर त्यहाँको अवलोकन गरेका थिए।

लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए। लीले मंगलबार  नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका थिए।

अध्यक्ष ली भ्रमण सम्पन्न गरी भदौ ३० गते बिहान विशेष विमानबाट स्वदेश फर्किने कार्यक्रम छ। चारदिने भ्रमणका लागि ली सोमबार काठमाडौं आएका हुन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here