चितवन निकुञ्ज र आसपासका क्षेत्रमा ६ महिनामा सात गैंडाकाे मृत्यु

फाइल तस्बिर

२५ पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ६ महिनाको अवधिमा सातवटा गैंडाकाे मृत्यु भएकाे छ । याे आर्थिक वर्षकाे ६ महिना सकिँदै गर्दा यस्तो तथ्यांक सार्वजनिक भएको हो ।

निकुञ्जकाे गस्ती टाेलीले हिजाे आइतबार बिहान पाैने ६ बजेतिर निकुञ्जकाे पश्चिम क्षेत्रमा एउटा पाेथी गैंडा मृत भेटेको थियाे । चितवन निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले याेसहित चालू आर्थिक वर्षमा सात गैंडाकाे मृत्यु भएकाे जानकारी गराएका छन् ।

frontline

निकुञ्जकाे नियमित संयुक्त गस्ती टाेलीले अमलटारी क्षेत्र अन्तर्गत कुजाैली रेन्जपाेष्ट नजिककाे नारायणी नदीकाे भंगालाेकाे किनारमा गैंडा मृत फेला परेकाे तिवारीले बताए । अन्दाजी १८ वर्षकाे उक्त गैंडाकाे खाग र खुर सुरक्षित रहेकाे हुँदा गैंडा प्राकृतिक कारणले मरेकाे हुनसक्ने निकुञ्जले जनाएकाे छ ।

गैंडा दुर्लभ वन्यजन्तु मानिन्छ । यसकाे नाकमाथि हुने सिङजस्ताे वस्तु खागका लागि चाेरी सिकारीले गैंडा मार्ने गर्छन् । तर पछिल्ला वर्षहरूमा खागका लागि तस्करहरूले गर्ने चाेरी सिकारी नियन्त्रणमा आए पनि कालगति, जुधेर र अन्य दुर्घटनामा परेर गैंडा मर्ने क्रम बढेकाे बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here