चालू आर्थिक वर्षभित्रै दिनरात गरेर ढलान सक्छौ

खोटाङको सदरमुकाम दिक्तेलबजारको बाँकी सडक ढलानका लागि वजेट जुटेको छ । आर्थिक वर्ष २०७७/०७८ मा शहरी विकास मन्त्रालयबाट ५ करोड वजेट जुटेको हो । दिक्तेलबजार मुख्यतः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र पनि हो ।

जिल्लाको सदरमुकाम भनेको देश विदेशका मानिसहरु आउने प्रमुख स्थान हो । जो चाँहि अस्तव्यस्त थियो, व्यवस्थित गर्ने सन्दर्भमा हामी निर्वाचित भएदेखी नै प्रयत्न गरिरहेका थियौ । विगत वर्ष दिक्तेलबजारभित्रको ‐रत्नपार्क जिरोप्वाइन्टदेखी सिंचाई गेटसम्म, पूरानो बैंकचोकबाट–झिसेपु जाने सडक र मालपोत कार्यालयदेखी त्रिवेणीचोकसम्म)आरसीसी ढलानको काम भयो ।

frontline

यो आर्थिक वर्षमा ५ करोड वजेट विनियोजन भएको छ । सो वजेटबाट बाँकी सडक ढलानको काम अगाडी बढ्दा आम वजारवासी र वजारसँग सम्बन्धित सम्पूर्ण मानिसहरु हर्षित भएको हुनाले एकदमै राम्रो प्रतिक्रिया पाएको छु ।

सडक ढलानको लागि आज (मंगलबार) राष्ट्रिय दैनिक पत्रिकामा टेण्डर आव्हानको सूचना प्रकाशन भएको छ । प्रक्रियामा गईसकेको हुनाले सकेसम्म चाँडोभन्दा चाँडो प्रक्रियाहरु पूरा गरेर यो वजेट खर्च गरिसक्ने हाम्रो उद्देश्य छ । त्यही अनुसार नै युद्धस्तरमा प्रक्रिया अगाडी बढीरहेको छ ।
यसको प्रक्रिया चाँहि के हुन्छ भने, आज टेण्डर आव्हानको एक महिने सूचना प्रकाशन भयो । सूचना प्रकाशनपछि आर्थिक र प्राविधिक मूल्याङकन गर्नुपर्छ, त्यसपछि सात दिनको आशयपत्र प्रकाशित गर्नुपछ अनि त्यस पश्चात आशय पत्रमा कुनै उजुरी भएन भने १५ दिनको सम्झौता म्याद दिएर सूचना निकाल्नुपर्छ । त्यो हुंदाखेरी लभगभ डेढदेखी दुई महिना यसैमा वित्छ ।

दुई महिना जाँदाखेरी पनि यो आर्थिक वर्षमा हामीसँग करीव साढे दुई महिना समय रहन्छ । साँढे दुई महिनमा निर्माण कम्पनी कस्तो पर्छ यदि राम्रो निर्माण कम्पनी परेको खण्डमा दिनरात लगाएर भएपनि ढलान सक्छौ ।

अवश्य नै वजार फराकिलो हुन्छ । विशेषगरी त्रिवेणीचोकको एउटा घर हटाउन प्रक्रिया अगाडी बढाइ सकेका छौ । त्यो घर हटाएपछि वजार फराकिलो भईहाल्छ । त्यसैगरी अन्य स्थानमा भएका घरहरुको पेटी, वार्दलीलाई हटाउँछौ ।

त्यसो हुंदाखेरी स्वतः सडक फराकिलो हुन्छ । जहाँ चाँहि दमकल, अत्यावश्यक परेको वेला ठूला सवारी साधनहरु आवतजावत गर्न सक्ने सडक निर्माण हुन्छ ।

यसको टेण्डर निकालेको १५ दिनजति भएको छ । टेण्डर निकालीसकेको हुनाले अब हामी विधी र पद्दती अनुसार निर्माण कम्पनी छनौट गर्छौ । निर्माण कम्पनी छनौट भएपछि यसै आर्थिक वर्षभित्र कम्तीमा ३० देखी ४० प्रतिशत काम हुन्छ । आगामी आर्थिक वर्षको फागनुसम्म सपिङ कम्प्लेक्स तथा चिल्डे«न पार्कको उद्घाटन गरिसक्छौ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here