चार महिनामै शिक्षा नियमावली संशोधनको तयारी

काठमाडौँ । सरकारले चार महिनाकै अन्तरमा शिक्षा नियमावली २०५९ संशोधनको तयारी थालेको छ । पछिल्लोपटक गत असार २५ गते शिक्षा नियमावली १०औँ संशोधन भएको थियो ।

दसौँ संशोधनमा भएका विद्यालय व्यवस्थापन, शिक्षक सरुवालगायत प्रावधानप्रति शिक्षक तथा सरोकारवालाहरूले असन्तुष्टि व्यक्त गरेपछि शिक्षा नियमावली पुनः संशोधन गर्नुपरेको शिक्षा तथा खेलकुद मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

frontline

ग्राउन्डबाट आएका ती असन्तुष्टि र सुझावहरूलाई सम्बोधन गर्दै प्राविधिक समस्या तथा जटिलताहरू समाधान गर्न शिक्षा मन्त्रालयले चार महिनाकै अन्तरमा नियमावली संशोधन गर्नुपरेको जनाएको छ ।  

शिक्षा मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले शिक्षा नियमावली संसोधन नियमित प्रक्रिया रहेको बताए । उनले भने, ‘केही विषयवस्तु सम्बोधन गर्नुपर्ने थियो । शिक्षा ऐन र नियमावली बाझिने देखिएकोले पनि संशोधन गर्न थालिएको हो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here