चार महिनामा प्रदेश २ को बजेट १० प्रतिशतमात्रै

२५ मंसिर, सप्तरी । प्रदेश २ मा चालु आर्थिक वर्षको प्रथम चौमासिकमा १० प्रतिशतमात्रै बजेट खर्च भएको छ ।

यसमा पनि विकास खर्च २ प्रतिशतमात्रै भएकाे प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

frontline

उनका अनुसार चालूतर्फ ८ प्रतिशत र पूँजिगततर्फ २ प्रतिशत मात्रै बजेट खर्च हुन सकेको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, सप्तरीको तेस्रो जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै मन्त्री साहले बजेट कम खर्च भएको सन्दर्भमा सचिवसँग बुझ्दा कर्मचारीको अभाव देखाइएको बताए ।

कतै हाकिम नभएर त कतै लेखाका कर्मचारी नहुदा बजेट खर्च हुन नसकेको सचिवले सुनाए ।

कर्मचारी अभावकै कारण बजेट खर्च गर्न नसकिएको उनले बताए । ‘लोकसेवा आयोगमा ३२ जनाको दरबन्दीमा ५ जना मात्रै कर्मचारी छन्’ साहले भने, ‘यसमध्ये पनि एक जना सचिव र अरु तल्लो तहका छन्, अनि कसरी काम हुन सक्छ ?’

यद्यपि, भएको श्रोत र साधनको उपयोग गरेर प्रदेश सरकारले जनताको पक्षमा काम गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here