चार छोरीपछि जन्मिएको छोरा अस्पतालबाटै चोरियो

६ माघ, भारत  । भारतको सीवान जिल्लाको सबैभन्दा ठूलो सरकारी सदर अस्पतालबाट नवजात शिशु चोरी भएको घटना बाहिरिएको छ।  परिवार र प्रहरी शिशुको खोजीमा जुटेका छन् । शिशुकी आमाको अवस्था नाजुक छ ।

महाराजगंज थाना क्षेत्रको गौर गाउँ निवासी अलीकी श्रीमती अफसानाले मंगलबार दिउँसो १२ बजेतिर चार छोरीपछि छोरालाई जन्म दिएकी थिइन्। छोरा जन्मिएपछि घरमा खुसीयाली मनाउँदै थिए। तर, यो खुसी क्षणभरमै हरायो।

frontline

साँझ करिब ६:३४ बजेतिर शिशु एसएनसीयू वार्डबाट गायब भएको समाचार आतजकमा छ। त्यसपछि परिवारको खुशी क्षणभरमै दु:खमा परिणत भयो।

नवजात शिशुका हजुरबुवाले भने,’ बुहारी अफसानले चार नातिनीपछि नातिलाई जन्म दिएकी थिइन् ।

नातीलाई आइसीयू वार्डमा राखिएको थियो। साँझ ७ बजेतिर एनआइसीयूबाट एकाएक बेपत्ता भयो ।’
 
त्यहाँ काम गर्ने जेनब खातुनले इम्तियाज नामका युवकले शिशु लिएर गएको बताइन्। इम्तियाज नाम गरेका युवकलाई भने शिशुको परिवारका सदस्यले नचिनेको बताएका छन्।  

सदर अस्पतालको एनआइसीयू वार्डमा ड्युटीमा रहेका डा. अमित कुमारले शिशुलाई साँझ ६ :३४ बजे परिवारका सदस्यले लिएर गएको बताए।

उनले शिशु बुझेको दर्तामा उल्लेख भएको बताए।  उनले बुधबार अस्पतालमा जडान गरिएका सम्पूर्ण सीसीटिभी जाँच गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here