चापाकोटमा दुई दिने आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

स्याङ्जा २२ पुस । स्याङ्जाको चापाकोट नगरपालिका ८ दामाचौरमा आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ । न्यु जेनेरेशन युवा क्लव रत्नपुरको आयोजनामा भएको शिविरमा बीएम फाउण्डेशन, ताइवान प्रिभेन्ट व्लाइन्डनेश (टीपीवी) र रोटरी क्लव अफ काठमाडौँ नर्थले सघाएको थियो ।
प्राविधिक सहयोगका लागि बीएम टीपीबी आँखा उपचार केन्द्र सुन्तलीटार, कान्तिपुर डेन्टल हस्पिटल पोखरा, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स पोखरा, कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर काठमाडौँको थियो । उक्त शिविरका लागि प्रभु बैक र गरिमा विकास बैकले समेत साझेदारी गरेका थिए ।
बीएम फाउन्डेशनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठका अनुसार आँखाको परीक्षण ८५१ जनाले गराएका थिए । मुख तथा दन्त परीक्षण ३७१ जनाले गराएका थिए । उनले स्वास्थ्य परीक्षणका लागि शिविरमा स्याङ्जाको चापाकोट नगरपालिका सहित तनहुँ र पाल्पाका बासिन्दाहरुको समेत उपस्थिति थियो ।
आँखा शिविर हिजो र आज गरी दुई दिन चल्यो, मुख तथा दन्त परीक्षण आज एक दिन मात्र । तर सहभागिता ठूलो थियो । सहभागीहरुलाई आँखा संगै मुख तथा दन्त स्वास्थ्यको महत्वबारेमा समेत प्रशिक्षण दिईयो । डा श्रेष्ठले भने ।
आँखा स्वास्थ्य परीक्षणका लागि बीएम टीपीबी आँखा उपचार केन्द्र सुन्तलीटारबाट दिपिका गौतम, अनिता कुमाल लगायतको टोली खटिएको थियो । दन्त परीक्षणका लागि डा रोजी श्रेष्ठ, डा सिजन मरासिनीको नेतृत्वमा टोली खटिएको थियो । डा श्रेष्ठले शिविरमा अरु १३ जना डेन्टल हाइजिनिष्ट, ५१ जना बीडीएस तेस्रो वर्षका विद्यार्थीहरु सहभागी भएको बताए ।
फाउन्डेशन, रोटरी र केडीसीले आँखा तथा मुख स्वास्थ्यको क्षेत्रमा नियमित रुपमा निशुल्क स्वास्थ्य शिविरहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here