चर्चित ब्राजिलको कार्निभल पर्व रद्द

२२ पुस, रियो दि जेनेरियो ।  संसारभर चर्चित ब्राजिलको कार्निभल पर्व यो वर्षपनि रद्द भएको छ।

ब्राजिलमा कोरोना संक्रमण तीव्ररुपले बढेपछि ब्राजिलका विभिन्न प्रान्तमा मनाइने कार्निभल स्ट्रिट परेड यो वर्ष पनि रद्द भएको हो।

frontline

स्वास्थ्य अधिकारीहरुसँगको बैठकपछि रियो का मेयर एदुआर्डो पेइसले यस वर्ष पनि स्ट्रिट परेड रद्द गर्ने निर्णय गरेका हुन्।

यसअघि गतवर्ष पनि कोभिड-१९ को त्रासका कारण सो कार्निभल १०८ वर्षको इतिहासमा पहिलो पटक रद्द गरिएको थियो।

ब्राजिलका विभिन्न मुख्य सहरहरुमा कार्निभल मनाउने गरिन्छ। नेपालको गाइजात्रा पर्वजस्तै कार्निभल परेड संसारभरि चर्चित छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here