चर्को भाडाको गुनासो बढेपछि सरकारले छानविन गर्न समिति गठन

 काठमाडौं । कोरोना संक्रमणको दर कम भइरहेको र विदेशमा व्यापक खोप अभियान चलेको भएपनि सरकारले अन्तर्राष्ट्रिय नियमित उडान रोकेर चार्टर्ड उडानलाई नै प्रोत्साहन गरेको छ ।

यही मौकाको फाइदा उठाउँदै केही ट्राभल एजेन्सीले चर्को भाडा असुलेको गुनासो यात्रुबाट बढेपछि सरकारले छानविन समिति गठन गरेको छ

frontline

मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको हो ।

समितिले गुनासोबारे छानविन गरि सम्बन्धित निकायमा आवश्यक कानूनी कारवाहीको सिफारिस गर्न समिति गठन भएको उनले बताएका छन्

सरकारले १९ वैशाखबाट टर्की र कतारमा नियमित उडान खोलेको छ ।

भारतमा यसअघि पनि उडान खुला थियो ।

लामो समयदेखि नियमित उडान रोकेको सरकारले यसबीचमा नेपालमा महामारी नियन्त्रणमा समेत ठोस कदम चाल्न सकेको छैन ।

यसै मौकामा व्यापारीहरुले यात्रुबाट चर्को मूल्य असुल गरेको गुनासो बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here