चर्कियो थाइल्यान्ड–क्याम्बोडियाबिचको द्वन्द्व : १४ जनाको मृत्यु, एक लाखभन्दा बढी विस्थापित

समाचार सारांश

  • थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा गोलीबारी हुँदा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ।
  • दुवै देशले सीमामा थप सैनिक पठाएका छन् र आक्रमणका लागि गोलीबारी भइरहेको छ।
  • सीमा विवाद एक शताब्दी पुरानो हो, जसमा ऐतिहासिक मन्दिरहरू मुख्य कारक हुन्।

बैंकक । थाइल्यान्ड र कम्बोडियाबिच जारी द्वन्द्व निरन्तर बढ्दै गइरहेको छ । शुक्रबार पनि दुई देशबिचको सीमामा गोलीबारी भएको दुवै देशका अधिकारीहरूले बताए । यस द्वन्द्वमा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ ।

frontline

अरू धेरै घाइते भएको बताइएको छ । अहिलेसम्म एक लाखभन्दा धेरै मानिस विस्थापित भएको खबर आइरहेको छ । दुवै तर्फबाट आक्रमणका लागि गोलीबारी, क्षेप्यास्त्रको प्रयोग भइरहेको छ ।

शुक्रबार दुवै देशका सेनाले सीमामा थप सैनिक पठाएका छन् । बिहीबार कम्बोडियाले थाइल्यान्डको सिमानामा अवस्थित गाउँहरूमा आक्रमण गरेको थियो ।

प्रतिक्रियामा थाई सेनाले एफ–१६ लडाकु विमानहरूबाट कम्बोडियाली सैन्य अड्डाहरूमा आक्रमण गर्‍यो । आक्रमणपछि हिंसा प्रभावित क्षेत्रहरूबाट आम मानिसहरू बसाइँ सर्न थालेका छन् । महिनौँदेखि दुई देशको सीमामा ८०० किमी विवादित खन्डको विषयमा थाइल्यान्ड र कम्बोडियाबिच बहस चलिरहेको थियो । 

के हो विवाद ? 

थाइल्यान्ड र कम्बोडियाबीचको सीमा विवाद एक शताब्दीभन्दा पुरानो हो । १९०७ मा कम्बोडिया फ्रान्सेली साम्राज्यको अधीनमा थियो । सियाम र कम्बोडियाबीचको सीमा विवाद तय गरिएको थियो । 

तर, पछि यसैबाट ८१७ किलोमिटर लामो सीमामा विवाद सुरु भयो । दुई देशबिचको यो विवाद विशेष गरी केही ऐतिहासिक मन्दिरहरू, विशेष गरी ११ औं शताब्दीको प्रेह विहार मन्दिरलाई लिएर गहिरो हुँदै गयो । 

दुवै देशले १९६२ मा सीमा विवाद र मन्दिरहरूमाथिको अधिकारको मुद्दालाई अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे)मा लगे । आईसीजेले कम्बोडियाको पक्षमा फैसला सुनाइदियो । फैसलापछि थाइल्यान्डले यस मन्दिरमाथिको आफ्नो अधिकार त्यागेको थियो । 

#थाइल्यान्ड–क्याम्बोडिया #सीमा विवाद #थाइल्याण्ड #कम्बोडिया

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here