चट्याङ लागेर बिर्तामोडमा बालिकाको मृत्यु

२१ असोज, काठमाडौं । झापाको बिर्तामोडमा शुक्रबार साँझ परेको चट्याङ लागेर बिर्तामोड ३ सैनिकमोडमा एक बालिकाको मृत्यु भएको छ। स्थानीयवासीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार बिर्तामोड नगरपालिका वडा नम्बर २ का रूपलाल हस्दाकी छोरी ११ वर्षीया सन्जु हस्दाको मृत्यु भएको हो।

frontline

बालिका साइकलबाट गन्तव्यतर्फ जाँदै थिइन्। गुडिरहेको साइकलमा अचानक चट्याङ लाग्दा सन्जुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here