घोडाहा जंगलमा फेला परेका महिला र बालिकाको शवको अझै पहिचान भएन

१२ माघ, बुटवल । रुपन्देहीको देवदह नगरपालिका–९ घोडाहा जंगलमा मंगलबार फेला परेका एक महिला र एक बालिकाको शवको अझै पहिचान भएको छैन ।

शवको सनाखत नभएपछि प्रहरीले सहयोग गर्न अपील गरेको छ ।

frontline

इलाका प्रहरी कार्यालय बुटवलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मधेशी मूलकी जस्तो देखिने अन्दाजी ३४ वर्षकी महिला र अन्दाजी ७ वर्षकी बालिकाको शवको सनाखत हुन नसकेको भन्दै प्रहरीलाई सहयोग गर्न अपिल गरेको हो ।

रातो ब्लाउज र रातो ज्याकेट लगाएकी महिला तथा निलो पाइन्ट र पहेंलो छिर्केमिर्के सर्ट लगाएकी बालिकाको शव घाँटी काटिएको अवस्थामा पूर्वपश्चिम राजमार्ग अन्तर्गत घोडाहाको जंगलमा मंगलबार दिउँसो फेला परेको हो ।

प्रहरीले मृतकलाई चिन्ने व्यक्ति वा आफन्तले इलाका प्रहरी कार्यालय बुटवलमा सम्पर्क गर्न अपिल गरेको छ ।

दुबै जनाको शव लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here