घर भत्काउने क्रममा पर्खालले च्यापिएर १ को मृत्यु

२३ पुस, मोरङ । मोरङको बेलबारी नगरपालिका–१ पुरानो बेलबारीमा घर भत्काउने क्रममा घरको पर्खालले च्यापिएर १ जनाको मृत्यु भएको छ ।

स्थानीय ऋषि साहको घरको पर्खाल भत्काउने क्रममा १ जनाको मृत्यु भएको हो ।

frontline

सुन्दरहरैचा नगरपालिका–१ का ४५ वर्षीय अशोक खवासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घर भत्काउने क्रममा अचानक घरको पर्खालले किचिएर घाइते भएका खवासको उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here