घरको ताला फोडेर चोरी गरेको आरोपमा युवक पक्राउ

७ कार्तिक, पोखरा । पोखरामा घरको ताला फोडेर चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नुवाकोटको विदुर नगरपालिका ३ बट्टार स्थायी घर भई पोखरा, बुद्दचोक बस्ने २० वर्षीय विशाल तामाङलाई नगद, मोबाइल र गहना चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

बुधबार राती पौने ११ बजेको समयमा पोखरा, बुद्दचोकस्थित बृटिश एकिकृत वेल्फेयर सेन्टरको ताला फोडेर १८ हजारसहित सामसुङ मोवाइल १ थान र चाँदीका सिक्री २ थान सहित तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

frontline

ती युवकलाई चोरी गरिएको सामानसहित नियन्त्रणमा लिई कानुनी कारवाही अगाडि बढाइएको वडा प्रहरी कार्यालय रामबजारले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here