गौतमबुद्ध क्रिकेट रंगशालाको काम सुस्त
१० कात्तिक, चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काममा ढिलाइ भएको छ ।
आगामी पुस २७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेमा हालसम्म प्रगति ६५ प्रतिशत मात्रै भएको छ ।
भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका अनुसार बजेट निकासामा केही ढिलाइ हुँदा निर्माण कम्पनीले बीचको समयमा काम रोकेकाले सम्झौता मितिअनुसार काममा ढिलाइ भएको हो ।
रंगशाला निर्माणका लागि महानगरपालिकाले ७० प्रतिशत बागमती प्रदेशबाट भुक्तानी हुने गरी सम्झौता गरेको थियो । प्रदेशको बजेट निकासा हुन ढिलो भएकाले काम प्रभावित भएको उनले बताए ।






प्रतिक्रिया दिनुहोस्