गोरखामा भूकम्प धक्का
९ असार, काठमाडौं । गोरखामा बिहीबार बिहान भूकम्प धक्का महसुस गरिएको छ ।
बिहान ७ बजेर २२ मिनेट जाँदा ४ दशमलव १ रेक्टरको स्केलको भूकम्प गएको हो ।
आरुघाट गाउँपालिकाको थुमीमा केन्द्र विन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का गोरखा र आसपासका जिल्लामा महसुस भएको छ । क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।
प्रतिक्रिया दिनुहोस्