गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा जलदेवी मन्दिरको उद्घाटन

गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा निर्माण भएको जलदेवी मन्दिरको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको उक्त मन्दिरको गोकर्णेश्वर नपालिका गर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा उद्घाटन भएको हो ।

frontline

सो कार्यक्रममा नगरपालिकावडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी नगरपालिकाका प्रमुख सल्लाहकारदिपक रिसाल, नेकपा नगर अध्यक्ष उद्दव बिष्ट, नेकपा नेता गोकुल बिष्ट , स्वतन्त्र टोल विकास समितिका अध्यक्ष जयराम बिष्ट, नेपाली काग्रेसका नेता मुरारी भण्डारी, किरण बिष्ट, कृष्णप्रसाद भण्डारी, दिपक थापा लगायत उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले आउदै गरेको चाडपर्वहरुको शुभकामना दिदै बढ्दो कोरोना महामारीका बीच सुरक्षित तवरले मनाउन अनुरोध गरेका थिए । “दशै अर्को वर्ष पनि आउछ, यस पटकको दशै जहाँ छौ, त्यहि बसेर सुरक्षित तवरले मनाउन समेत अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here