गोकर्णेश्वर नगरपालिकामा कोरोनाको कहर पुन बढ्दै
सतर्कता अपनाउन नगर प्रमुख सन्तोष चालिसेको अनुरोध
सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्क प्रयोगको अनुरोध
काठमाडौं,असार ४ । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ असार ३ गते सम्ममा १९३० जना पुरुष र १७५० जना महिला गरि कुल ३ हजार ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।
कुल संक्रमित मध्ये १७८६जना पुरुष र १६३२ जना महिला गरि कुल ३ हजार ४ सय १८ जनाले कोरोना जितेका छन ।
हाल सम्म नगरपालिकाका ३० जना पुरुष र २६ जना महिला गरि कुल ५६ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ।
त्यसै गरि हाल नगरपालिकामा ११४जना पुरुष र ९२ जना महिला गरि कुल २०६ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको छ ।
हाल सम्म ५ जना पुरुष र ५जना महिला गरि कुल १० जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने १०९ जना पुरुष र ८७ जना महिला गरि कुल १९६ जना होम आइसोलेसनमा रहेको जानकारी गराएको छ ।
हाल सम्म नगरपालिकामा १७८१ जना पुरुष र १५२८ जना महिला गरि कुल ३३०९ जनाको एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गरिएको र उक्त परिक्षण गर्दा २०१ जना पुरुष र १८४ जना महिला गरि ३८५ जनामा पोजेटिभ देखिएको जनाएको छ ।
त्यसै गरि हाल सम्म नगरपालिकाले २६१० जना पुरुष र २३११ जना महिला गरि कुल ४९२१ जनाको पी सी आर परिक्षण गरिएको जनाएको छ ।
त्यसै गरि नगरपालिकाको गोकर्ण प्राथमिक अस्पताल अस्थाई कोभिड आइसोलेसन सेन्टरमा हाल सम्म १५ पुरुष र ११जना महिला गरि २६ जना रहेको जानकारी गराइएको छ भने हाल सम्म उक्त आइसोलेसन बाट ३ जना पुरुष र ५ जना महिला गरि कुल ८ जना डिस्चार्ज भएको पनि जानकारी गराएको छ ।
त्यसै गरि हाल सम्म उक्त आइसोलेसन केन्द्र बाट ३ जना पुरुष र २ जना महिलालाइ अन्यत्र स्थानान्तरण गरिएको पनि जानकारी गराएको छ ।
कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सन्तोष चालिसेले अनुरोध गरेका छन ।
उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन् ।
हालै सिन्धुपाल्चोक बाढी–पहिरो पीडितका लागि गोकर्णेश्वर नगरपालिकाले ५ लाख सहयोग गर्ने भएको छ ।
सो नगरपालिकाका मेयर सन्तोष चालिसेले सिन्धुपाल्चोकमा परेको विपत्तिमा नगरपालिकाको तर्फबाट ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्