गोकर्णेश्वर दुर्घटनाका मृतककको पहिचान खुल्यो

श्रोत : ईन्टरनेट

शुक्रबार, काठमाडौं ।  गोकर्णेश्वरमा  आज बिहान  भएको दुर्घटनामा परी मृत्यु हुने  पैदल यात्रीको पहिचान खुलेको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोलमा आज बिहान  महेन्द्राको निसान गाडीले  ठक्कर दिंदा पैदल यात्री  रामेछाप उमाकुण्ड गाउपलिका स्थायी घर भई हाल माकलवारी बस्ने वर्ष ३०का राजन खड्काको  घटनास्थलमामै मृत्यु भएको थियो   ।

frontline

उनलाई बा ४ ख १०२२ नम्बरको निसान गाडीले  ठक्कर दिएको थियो  ।

घटना पश्चात आक्रोशित स्थानीयले गाडीमा तोड फोड गरेका थिए।

अहिले गाडी चालक र गाडीलाइ महानगरीय प्रहरी प्रभाग  गोकर्णले नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाएको प्रहरी जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here