गोकर्णेश्वरमा पुरुषको शव भेटियो

९ चैत, काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा एक पुरुषको शव भेटिएको छ । गोकर्णेश्वर पुल नजिकै अन्दाजी ५०–५५ वर्षका पुरुषको शव भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

डोजरले सडक खन्ने क्रममा भेटिएको उक्त शवको कसको हो भन्ने खुलेको छैन ।

frontline

शवको प्रकृति हेर्दा केही दिनअघि नै मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

शव भेटिएको खबर पाएसँगै प्रहरीको अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसरको टोली घटनास्थलमा पुगेको छ ।

शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here