गैर कानुनी रुपमा सञ्चालनमा आएको आश्रम स्थानिय प्रशासनद्वारा वन्द

श्रोत : ईन्टरनेट

चितवन । गैर कानुनी रुपमा मापदण्ड नपु¥याई सञ्चालनमा आएको यहाँको एक आश्रमलाई स्थानिय प्रशासनले वन्द गराएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरामा रहेको मानवका लागि मानव सहयोगी सेवा केन्द्रलाई बिहिबार स्थानिय प्रशासनले बन्द गराएको हो ।

frontline


भट्टराईका अनुसार केन्द्रमा रहेका २४ जना बृद्धवृद्धालाई अन्यत्र स्थानान्तरण गरिएको छ ।

गैर कानुनी रुपमा सञ्चालनमा आएको गुानसो आए संगै प्रशासनले अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा प्रकृया नपु¥याइ सञ्चालनमा आएको देखिए संगे बन्द गराईएको हो ।
वि. सं. २०७७ साल मंसिर देखि सञ्चालनमा आएको सो आश्रममा रहेका वृद्धवृद्धाहरुलाई बिहिबारनै प्रहरीको सहयोगमा मानाव सेवा आश्रममा सारीएको छ ।

उहाँले भन्नुभयो “त्यहाँ रहेका वृद्धवृद्धालाई मानव सेवा आश्रममा सारेका छौ ।

गैर कानुनी रुपमा सञ्चालनमा रहेको सो संस्थालाई अनुसन्धानमा राखिएको छ ।”

गैर कानुनी रुपमा सञ्चालन गरिएको सो आश्रमका सञ्चालक सिता कुवरलाई तारेखमा राखि प्रकृया पुरा गर्न निर्देशन दिईएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here