गैँडाकोटमा सवारी दुर्घटना, ३ को मृत्यु, २४ जना घाइते

चितवन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत गैँडाकोट १० स्मृतिपुल नजिकै सवारी दुर्घटना भएको छ । यात्रुवाहक बस र ट्रक एक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका वडा नं। १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान चार बजेतिर ठोक्किंदा तीन जनाको मृत्यु भएको हो ।

frontline

बस सडकदेखि १० फिट तल खस्दा दुई जना महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकहरुको परिचय खुलेको छैन ।

प्रहरीका अनुसार दुर्घटनामा परी २४ जना घाइते भएका छन् । घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमै उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

फ्रन्टलाइन गैंडाकोट

poster-here