गृहमन्त्री खाँण : कार्यकर्ता कुटपिट घटनामा मेरो संलग्नता छैन

४ मंसिर, काठमाडौं । गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले कार्यकर्ता कुटपिट भएको घटनामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्।

रुपन्देहीको भैरहवामा भएको प्रदेश सभा क्षेत्र नम्बर ३ ‘क’ को मतदानस्थलमा खाँणनिकटका कार्यकर्ताले रामचन्द्र पौडेल पक्षधरलाई निर्घात कुटपिट भएको समाचार सार्वजनिक भएपछि गृहमन्त्री खाँणले आफ्नो संलग्नता नभएको प्रष्ट पारेका हुन्। 

frontline

उनले भने, ‘मतदानस्थलमा कार्यकर्ता कुटपिट भएको घटनामा मेरो संलग्नता छैन।’

भैरहवाको नेपाली कांगेस पार्टी कार्यलयमा भएको मतगणनास्थलमा पौडेल पक्षरका सभापतिका उम्मेदवार अधिवक्ता पुरनप्रसाद श्रेष्ठको प्यानलका शैलेश पन्तलाई राती २ बजे मत गणना भइरहेको समयमा निर्घात कुटपिट गरेको नेपाली कांग्रेसले जनाएको छ। 

मतगणना भइरहेको समयमा जेनेरेटर अफ गरी गृहमन्त्री बालकृष्ण खाँडनिकटका मानिस आएर निर्घात कुटपिट गरि मतगणना स्थगित भएको छ। राती साडे २ बजे मत गणना गरिरहेको समयमा प्रदेश सचिव पदका उम्मेदवार शैलेश पन्तलगायत ५ जनालाई गृहमन्त्री बालकृष्ण खाँणको ठूलो जत्थाले आक्रमण गरेको नेपाली कांग्रेसका नेताले बताउँदै आएका छन्।

गृहमन्त्री खाँण पक्षधरका तरुण दलका युवा नेता शेते गुरुङले लातै लात बुटैबुटले प्रहार गर्दा शैलेश पन्तको नाक भाँचिुनका साथै रगत समेत बगिरहेको, शरिरमा, छातीमा समेत कुटपिट गरिएको कांगेसका एक नेताले बताए। 

गृहमन्त्री बालकृष्ण खाँणको क्षेत्र रुपन्देहीको क्षेत्र नम्बर ३ मा शेरबहादुर देउवा प्यानलबाट सुरेन्द्रजंग थापा सभापतिका उम्मेदवार थिए भने रामचन्द्र पौडेल समुहबाट सभापति पदमा अधिवक्ता पुरन प्रसाद श्रेष्ठको प्रतिस्पर्धा रहेको थियो। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here