गृहमन्त्रीको राजीनामाबारे निर्णय लिन रास्वपाले बोलायो संसदीय दलको बैठक
समाचार सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि उठेको प्रश्नबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ।
- बैठक उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा दिउँसो ४ बजे संसदीय दलको कार्यालयमा बस्नेछ।
- रास्वपाको केन्द्रीय समितिले नैतिकताको प्रश्न उठे राजीनामा दिनुपर्ने निर्णय गरेको थियो र संसदमा सजिलो नहुने चेतावनी दिएको थियो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि उठेको प्रश्न र आगामी दिनमा सदनमा निभाउनुपर्ने भूमिकाको विषयमा छलफल गर्न दलको बैठक बोलाएको हो ।
रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा दिउँसा ४ बजे संसदीय दलको कार्यालयमा बैठक बोलाइएको कार्यवाहक महासचिव मनिष झाले जानकारी दिए ।
रास्वपाको आइतबार बसेको केन्द्रीय समिति बैठकले अन्यमाथि नैतिकताको प्रश्न उठेपछि राजीनामा दिनुपर्ने निर्णय गरेको थियो । राजीनामा नदिए संसदमा सजिलो नहुने चेतावनी दिएको थियो । संसद्को बैठक भोलि बिहान ११ बजे बस्दैछ ।






प्रतिक्रिया दिनुहोस्