गुजरातमा थप दुई जनामा देखियो‘ओमिक्रोन’

२४ मंसिर, नयाँ दिल्ली ।  भारतको गुजरातमा थप दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएको छ।

तर ती दुई संक्रमित व्यक्ति कहीँकतै गएका छैनन्।

frontline

उनीहरु ओमिक्रोन संक्रमितहरुको सम्पर्कमा रहेको र उनीहरुबाटै सरेको हुनसक्ने बताइएको छ।

योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २५ पुगेको भारतीय सञ्चारमाध्यहरुमा खबर छ।

गुजरातको जामनगरमा ओमिक्रोनको दुई नयाँ केस भेटिएको हो। केही समयअघि सोही स्थानमा अर्का एक व्यक्तिमा ओमिक्रोन संक्रमण देखिएको थियो।

गुजरातमा मात्र ओमिक्रोन भाइरसबाट संक्रमित हुनेको संख्या तीन पुगेको छ।

यसअघि महाराष्ट्रमा १०, राजस्थानमा ९, गुजरातमा ३, दिल्लीमा १ र कर्नाटकमा एक जनामा ओमिक्रोनको संक्रमण देखिएको थियो।

राजस्थानमा ओमिक्रोनबाट संक्रमित १० जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here