गर्भवतीलाई अण्डा र क्याल्सियम चक्की वितरण पालिका

इच्छाकामना गाउँपालिकाका स्वास्थ्य संस्थाले गर्भवतीलाई अण्डा र क्याल्सियम चक्की वितरण गरेका छन् । गाउँपालिकाका सबै स्वास्थ्य संस्थामार्फत गर्भवतीलाई पोषण सुधार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो ।

गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रममा गर्भवतीका लागि पोषण सुधारको लागि अण्डा र क्याल्सियम चक्की वितरण गर्न रु पाँच लाख बजेट विनियोजन गरेको गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालले जानकारी दिइन्। 

frontline

उपाध्यक्ष सिलवालले भनिन्, ‘हामीले गर्भवतीलाई नियमित रुपमा स्वास्थ्य संस्थामा आई गर्भ जाचँ गराउनका लागि प्रेरित गर्ने उद्देश्यले निःशुल्क क्याल्सियम र अण्डा वितरण कार्यक्रम ल्याएका हौँ ।’ उनले कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने बताइन्। 

गाउँपालिका स्वास्थ्य शाखाका सहायक प्रमुख (जनस्वास्थ्य निरीक्षक) हरि देवकोटाका अनुसार अनुसार एकजना गर्भवतीलाई एक क्रेट अण्डा  र  आवश्यकता अनुसार क्याल्सियम चक्की दिइएको छ । 
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here