गरीब मुलुकहरुलाई खोप दिन धनी मुलुकहरुलाई इण्डोनेसियाको आह्वान
१२ कार्तिक, एजेन्सी : कोरोना भाईरसबाट नराम्रोसंग प्रभावित मुलुक मध्येको एक इण्डोनेसियाले गरीब मुलुकहरुलाई पनि खोप बाँड्न धनी मुलुकहरुलाई आह्वान गरेको छ ।
कोरोना विरुद्धको लडाई एक्लै जित्न नसकिने भन्दै ईन्डोनेसियाका राष्ट्रपति जोको विदोदोले बीबीसीसँगको अन्तर्वार्तामा सीमित देशहरुले मात्रै सवै खोप पाउने र गरीब देशहरुले अलिकतिमा चित्त बुझाउनु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।
विश्व जलवायु सम्मेलनमा सहभागी हुन बेलायत जानुअघि दिएको अन्तर्वार्तामा राष्ट्रपति विदोदोले यो संकटको बेला धनी मुलुकहरुले गरीब मुलुकहरुलाई सहयोग गरेर विश्व संकट समाधानमा सहयोगी बन्नुपर्नेमा जोड दिए ।
‘हाम्रा अस्पतालहरु अहिले पनि विरामीले खचाखच छन्, हामीले सक्दो प्रयास पनि गरेका छौं तर खोप विना यो संक्रमण पार लगाउन सकिदैन भन्ने पुष्टि भएको छ, अन्तर्वार्तामा राष्ट्रपति विदोदोले भनेका छन् ।
ईन्डोनेसियामा अहिले पनि दैनिक ५० हजार कोरोना संक्रमित भईरहेका छन् भने १ लाख ५० बढीको ज्यान गईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्