गरिमा विकास बैंकका अध्यक्ष बस्यालद्वारा पद तथा गोपिनियताको शपथ ग्रहण

गरिमा विकास बैंकको अध्यक्ष पदमा मनोनित भएका श्याम प्रसाद बस्यालले सोमबार पद तथा गोपिनियताको शपथ ग्रहण गरेका छन् । उनले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी बाट सपथ ग्रहण गरेका हुन् ।बैंकको माघ ३० गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र श्री दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूह ‘ख’ को तर्फबाट विमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक संचालक पदमा निर्वाचित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले जानकारी दिए ।गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here